प्रबास

    १८ औं राष्ट्रिय गणतन्त्र दिवस जनप्रगतीशिल मञ्च यूएई दुवई राज्य समिति सचिवालयमा कार्यक्रम भव्य संपन्न।

    कबिराज राजबंशी
    २०८२ जेष्ठ १६ | मध्यान्ह ०३:०२ बजे

      गणतन्त्र दिवसको अवसरमा नेपाल जनप्रगतीशिल मञ्च यूएई दुवई राज्य समिति सचिवालयमा १५, जेष्ठ २०८२, तदअनुसार २९ में २०२५ बिशेस कार्यक्रम आयोजना गरी मनायो।

      IMG 20250529 212149 scaled

      कार्यक्रमकामा सभा अध्यक्षको रूपमा आसिन जनप्रगतीशील मञ्च यूएई दुवई राज्य समितिका अध्यक्ष मनी राम गैरे हुनुहुन्थ्यो। उत कार्यक्रको सुरुवात दीप प्रज्ज्वलन गरी भएको थियो। पश्चात् अध्यक्षले गणतन्त्र दिवसको शभकामना र गणतन्त्रको बारेमा आफ्नो भनाई राखी कार्यक्रम अघि सारेका थिए । कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुको सम्मानमा १ मिनेट मौन धारण गरी परिचयात्मक कार्यक्रम भएको थियो।IMG 20250529 212041 scaled IMG 20250529 212025 scaled

       उक्त कार्यक्रमका प्रमुख अतिथि ने.क.पा माओवादी केन्द्र एसिया प्रदेश कोषाध्यक्ष बाबुराम बिश्वकर्मा ज्यू, बरिष्ट अतिथि न्युज नवलपुर टुडे पत्रकार कविराज राजवंशी लगायत अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

      जस कार्यक्रको सञ्चालन जनप्रगतीशील मञ्च यूएई दुवई राज्य समितिका सचिव प्रविन बराइली ज्यूले गर्नु भएको थियो उक्त कार्यक्रममा शूभकामना मन्तब्य जनप्रगतीशील मञ्च यूएई दुवई राज्य समितिका प्रवक्ता नवीन लिम्बू ले दिनुभएको थियो ।IMG 20250529 211931 scaled IMG 20250529 211756 scaled

       

      उक्त कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि ने.क.पा माओवादी केन्द्र एसिया प्रदेश कोषाध्यक्ष बाबुराम बिश्वकर्मा ज्यू गणतन्त्र दिवसको अवसरमा युएई लगायत देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै भने नेपाली जनताको ठूलो बलिदान पछि प्राप्त भएको गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, समृद्धि तथा सुशासन कायम गर्नु हामी सबैको दायित्व रहेको कुरा बताउनु भयो । उहाँले विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई आ-आफ्नो क्षेत्रबाट नेपालको समृद्धि र नेपाली जनताको उज्ज्वल भविष्यका लागि एकतावद्ध भई अघि बढ्न समेत आह्वान गर्नु भयो । त्यसैगरी जनप्रगतीशील मञ्च यूएई दुवई राज्य समितिका उपाध्यक्ष सन्त लाल तामाङले गणतन्त्र ल्याउनेमा आफ्नो संघर्स १९ दिने जनयुद्ध १७ हाजर नेपालीको बलिदान पछि आएको गणतन्त्र देश र जनताको लागि कति आवश्यक छ , भन्ने विषयमा प्रस्ट पार्दै आफ्नो भनाई शूभकामना राख्नु भएको थियो । अन्तमा सभाअध्यक्ष ज्यूको भनाइबाट कार्यक्रम सम्पन्न भएको थियो

        कमेन्टहरु