प्रबास, समाचार, समाज

    कतारमा एक वर्षमा १ सय १५ जना नेपालीको मृत्यु

    रामएकवाल राम
    २०८२ जेष्ठ १४ | मध्यान्ह ०२:०२ बजे

      रामएकवाल राम

      दोहा – वैदेशिक रोजगारीको लागि कतारमा कार्यरत करिब ३ लाख ५० हजार नेपालीमध्ये सन् २०२४ मा १ सय १५ जनाले ज्यान गुमाएका छन।

      यसरी ज्यान गुमाउनेमा सबैभन्दा धेरै ५९  जनाको सुतेकै अवस्थामा मृत्यु भएको हो ।यस वर्ष कतारमा सडक दुर्घटनामा १८ जना नेपालीको ज्यान गएको छ । त्यसैगरी २२ जनाले आत्महत्या, २ जनाले रक्सि खाएर , तथा अन्य विविध कारणले १४ जनाको निधन भएको नेपाली दूतावास कतारले जनाएको छ । 

      नेपाली राजदुतावास कतारले जानकारी दिए अनुसार मृत्यु हुनेमा ११० जना पुरुष र ५ जना महिला रहेको बताएको छ।

      त्यसैगरी सन २०२५ मा जनवरी देखि मे सम्म मृत्यु हुनेमा सुतेकै अवस्था २८ जना, आत्महत्या गरि १२ जना,सडक दुर्घटनामा परी ८ जना, रक्सि खाएर १ जना, र अन्य विविध कारणले ६ सहित ५५ जनाको ज्यान गएको नेपाली राजदुतावास कतारले जनाएको छ।

        कमेन्टहरु