धर्म–संस्कृति/रीतिथिति, प्रबास

    उभौली साकेला सयुक्त अरब इमिरेट्सको वर दुवई सहरको ब्लू प्यालेस होटलमा भव्यताका साथ सम्पन्न भयो ।

    कबिराज राजबंशी
    २०८२ जेष्ठ १४ | बिहान ०१:०२ बजे

      उभौली साकेला सयुक्त अरब इमिरेट्सको वर दुवई सहरको ब्लू प्यालेस होटलमा भव्यताका साथ सम्पन्न भयो ।WhatsApp Image 2025 05 28 at 00.02.05 3b17df31

       

       

      कविराज राजवंशी यूएई/ किराँत राई यायोक्खा शाखा युएई तथा सुनुवार सेवा समाज शाखा यूएईको सयुक्त आयोजनामा ११ जेठ २०८२ तदनुसार २५ मे २०२५ को दिन येलेदोंङ ५०८५ को उभौली साकेला, साकेन्वा तथा स्यादर पिदार सयुक्त अरब इमिरेट्सको वर दुवई सहरको ब्लू प्यालेस होटलमा भव्यताका साथ सम्पन्न भयो | WhatsApp Image 2025 05 28 at 00.02.08 2fec77b3  WhatsApp Image 2025 05 28 at 21.57.11 19614128 Copy

      जस कार्यक्रममा  सभाअध्यक्ष  किराँत राई यायोक्खा शाखा युएईका अध्यकक्ष श्री राज संगम राई ज्यू ले गर्नू भएको थियो । प्रमुख अतिथिको रुपमा नेपाल आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष श्री विक्रम लिम्बु ज्यू ले  गर्नुभएको थियो |

      WhatsApp Image 2025 05 28 at 00.02.07 fd746d76 Copy

       

      औपचारिक कार्यक्रमको सञ्चालक किराँत राई यायोक्खा शाखा युएईका पूर्व महा-सचिव बर्तमान उपाध्यक्ष डी. के. किराँतीले गरे । साथै  कार्यक्रममा नेपाली समाज युएई, राजवंशी समाज विकास समिति यूएई, आदिवाशी अन्तर्गत अन्य जातिय संस्था, जिल्ला संस्था र अन्य बैचारिक संस्था आदिको संस्था प्रमुखहरूको उपस्थिती रहेको थियो। कार्यक्रमको उदघाटन प्रमुख अतिथिको हातबाट दिप प्राजलन गरि सुरु भएको थियो | साथै नेपालको राष्टिय गान र किराती राष्टिय गान बाट कार्यक्रम सुरु भएको थियो |

      WhatsApp Image 2025 05 28 at 21.57.10 49bd5b79 Copy

      किरातिहरुको महान चाड बर्षमा दुइचोटी हुनेगर्छ |  उभौली र उधौली यी चाडहरुको बिशेसता यसप्रकारको छ | उभौली बैशाख पुर्णिमा देखि एक महिना सम्म मनाउने गर्दछन | यो समयमा भुमी पुजा गरि आ-आफ्नो थाक-थलो खेतीपाती उबजाऊ राम्रो होस, भनी अन्न बाली सप्रियोस भनेर पिता-पू्र्खाको समक्ष आशिर्वाद माग्छन | यो उभौलीमा ऊधो बाट उभो चराचुरुंगी, माछा तथा जनावरहरु तराई बाट हिमाल वा लेक तिर जाने गर्छन |

      WhatsApp Image 2025 05 28 at 21.57.10 298288f7 Copy

      उधौली मंसिर पुर्णिमादेखि पुन एक महिना मनाइन्छ| यो बेला पनि लेक वा हिमाल पुगेका चराचुरुंगी, माछा तथा जनावरहरु लेकमा जाडो बढी भएर तराई झर्छन | अन्न बाली पाकी सके पछि नयाँ अन्न बाली जम्मा गरि आफ्नो पित्रि, पिता-पू्र्खा र भुमी पुजा गरि चढाउने प्रचलन छ | राम्रो होस अन्न बालिको शाह होस अनिकाल रुघाखोकी नलागोस संसार भरी शुख-शान्ती होस | भनेर आशिर्वाद सुम्निमा पारुङ्ग सग माग्ने गर्दछन | किरातिहरुको इतिहास र सभ्यताको बर्णन किम्म दंतीहरु यसरी ५०८५ बर्ष देखि ऐलेको अवस्था अहिले सम्म प्रचलितछ । र साकेला सकेन्व स्यदार पिदर नाच्ने विभिन्न शैलीहरु रहेकोछ | किरातिहरुले हरेक साल नयाँ बर्ष माघ १ गते यले संवत् लाई मान्नेगर्छ |  साथै ऐतिहासिक कार्यक्रमहरु देश देखि बिदेश सम्म मनाई शुभकामना आदानप्रदान गर्ने गर्दछन |WhatsApp Image 2025 05 28 at 00.02.01 ff61040f

      किरातिहरु लगभग ३६ जातीय मात्री भाषिक छन|  साकेला सकेन्व स्यादर पिदार  शुभ कार्य जस्तो बिहे पास्नी छेवार आदिमा नाच्ने साथै शुभकामना मनोरञ्जन गर्ने गरेका पाइन्छ | कार्यक्रमको प्रमुख अतिथि लिम्बूले मन्तब्य राखेका थिए। भने कार्यक्रमको अध्यक्षले आफ्नो भनाई  राख्दै औपचारिक कार्यक्रमको अन्त भएको थियो। अनौचारिक तर्फ साँस्कृतिक नृत्य, झाँकी, कार्यक्रमको मूख्य आकर्षणहरु रहेको थियो।

        कमेन्टहरु