देश

    प्रतिनिधिसभा बैठक स्थगित

    नवलपुर टुडे
    २०८२ जेष्ठ १३ | मध्यान्ह ०४:०२ बजे

      काठमाडौं, जेठ १३ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद्‌को अर्को बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ v सदनबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका विपक्षी दलहरूले अडान नछाडेपछि बैठक स्थगित गरिएको हो ।

      आज सुरुमा आधा घण्टाका लागि स्थगन गरिएको बैठक पछि सूचनामार्फत साढे २ बजे बस्ने भनिएको थियो । तर, दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगन गरिएको हो । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान छ ।

      आजको बैठकमै गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नबारे सदनबाटै जवाफ दिने तयारी गरेका थिए । तर, विपक्षी दलहरूले नाराबाजी गरेपछि बैठक अघि बढ्न सकेन । गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोप निराधार रहेको बताइसकेका छन् ।

       
       

        कमेन्टहरु