कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, शिक्षा, समाज, साहित्य

    कविताको शिर्षक  सुखी मानिस

    याम बहादुर थापा मगर
    २०८२ जेष्ठ १३ | बिहान ०८:०२ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १०, भकुण्डे ,धौलेचउर

      ९८४७६५७३००

       

      कविताको शिर्षक

       सुखी मानिस

      सबैभन्दा सुखी मानिस त्यो हो
      जो आफूमाथि शासन गर्न जान्दछ
      न त सत्ताको शिखरमा पुग्नैपर्छ,
      न धन कुबेर बन्नैपर्छ,
      न त विज्ञानका सबै रहस्य बुझ्नैपर्छ।
      तर उसले बुझ्दछ ।
      साँचो सुख न त अतीतका सिंहासनमा थियो,
      न त भविष्यका चौका र चालमा प्रयोगशालामा हुनेछ।
      साँचो सुख त हो ।
      आज, अहिले, यही क्षणमा
      सन्तुलनको खोजी गर्ने मानिस सुखी ।

      इतिहासले देखायो
      राजाले दरबार जिते, तर निद्रा हार्‍यो।
      सिपाहीले युद्ध जिते, तर घर हरायो।
      श्रमिकले ईँटा जोड्यो, तर पेट टुट्यो।
      आज पनि संसारभरी
      राजनीति भागबन्डामा व्यस्त छ,
      अर्थतन्त्र लोभमा अल्झिएको छ,
      विज्ञान द्रुत गतिमा उडिरहेको छ,
      तर मानिस — उही चिन्ताको करारमा।

      सुखी मानिस त्यो हो,
      जो लोभ होइन, आवश्यकता पुरा गर्छ।
      जो साँचो संवाद गर्छ — आआफ्नो मनसँग,
      अरूको पीडामा आफ्नो आँसु खोज्छ।
      उसले थाहा पाएको छ ।
      शान्तिको मूल्य गोलीले होइन, क्षमाले हुन्छ।
      समृद्धिको बाटो दमनबाट होइन, समान अवसरबाट खुल्छ।
      र भविष्य उज्यालो हुन्छ ।
      जब आजको शिक्षामा नैतिकता मिसिन्छ।

      सुखी मानिस बाँच्दछ
      साझा भात खाएर पनि,
      जब ऊ छेउको दुःखीलाई हेर्छ
      र भन्छ — “तिमीलाई सम्झन्छु।”

      सत्य, प्रेम, र सहिष्णुता
      यी नै हुन् उसको धन,
      र उ यिनलाई बाँड्दै
      संसारलाई अलिक खुसी बनाउँदै
      आफ्नो सुख बढाउँछ।

       

        कमेन्टहरु