राजनीति

    माओवादी केन्द्रमा एकैदिन दुई समूह समाहित, नेपाः राष्ट्रिय पार्टीसँग एकीकरण

    नवलपुर टुडे
    २०८२ जेष्ठ १२ | मध्यान्ह ०३:०२ बजे
      काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेपाः राष्ट्रिय पार्टीबीच एकीकरण भएको छ । ललितपुरमा एक कार्यक्रम आयोजना गरी माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकीकरण घोषणा भएको हो । पार्टी एकीकरण समारोहमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाः राष्ट्रिय पार्टीका डा.विजय सैँजूले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।  

      नेपाल समाजवादी पार्टी (नेसपा)को गंगानारायण श्रेष्ठ समूहपनि सोमबार नै माओवादी केन्द्रमा समाहित भएको थियो । पार्टी प्रवेशपछि श्रेष्ठले माओवादीमा सचिवको पद पाएका छन् । डा.बाबुराम भट्टराईसँगै २०७२ सालमा माओवादी छाडेका श्रेष्ठ १० वर्षपछि पुनः माओवादीमा फर्किएका हुन् । 

      1748251629 MB NEPA

        कमेन्टहरु