प्रबास

    जनप्रगतिशिल मन्च यूएई कार्यसमितीको चौथौं पूर्ण बैठक सम्पन्न

    कबिराज राजबंशी
    २०८२ जेष्ठ १२ | बिहान ०६:०२ बजे

      प्रवास युएई । २५ मे २०२५ नेपाल जनप्रगतिशिल मन्च यूएई दुवई कार्यसमितीको चौथौं पूर्ण बैठक दुबईको कराँची दरबारमा सम्पन्न भएको छ।
      कार्यक्रमको प्रमुख अतिथि ने.क.पा माओवादी केन्द्र एसिया प्रदेश कोषाध्यक्ष बाबुराम विश्वकर्मा ज्यू रहनुभएको थियो। कार्यक्रमको सभा अध्यक्ष दुवई राज्य समितिका मनी राम गैरेले गर्नु भएको थियो।

      त्यसैगरी विशिष्ट अतिथि नेपाल जनप्रगतीशिल मञ्च युएई राष्ट्रिय कमिटिको अध्यक्ष लक्षण खनाल जू, अतिथिहरुमा राजवंशी समाज विकास समिति यूएई उपाध्यक्ष पुनम राजवंशी, सुनुवार सेवा समाज युएई शाखाका सदस्य देवी माया सुनुवार, नवलपुर टुडेको सञ्चारकर्मी कविराज राजवंशी लगायतका अन्य नेपाल जनप्रगतीशिल मञ्च युएईको पदादिकारीहरु उपाध्यक्ष प्रेम सिंग वाईबा, उपाध्यक्ष सन्तलाल तामाङ, सचिब प्रविन बराइलि, स- सचिब सन्तोष आचार्य, कोसाध्यक्ष गीता गैरे, स- कोसाध्यक्ष बसन्ती भट्टराई तथा सदस्यहरु कल्पना केसी, सुदिप केसी, एलसी नेपाल, सुरेस लामा, सीता थापा, सन्ध्या थापा र प्रबक्ता नबिन लिम्बुको उपस्थिति रहेको थियो |

      photo 2025 05 26 05 56 34

      कार्यक्रमको सन्चालन सचिब प्रबिन बराइलीले गरेका थिए| आर्थिक प्रतिबेदन कोषाध्यक्ष गीता गैरेले सबैको समक्ष प्रस्तुत गरेको थियो । प्रमुख अतिथिले पाटी केन्द्रको विचारधाराहरु स्पष्ट गरेका थिए भने नेपाल जनप्रगतिशील मञ्च युएई राष्ट्रिय कमिटि अध्यक्ष लक्षण खनालले क्षेत्रिय कमिटीको काम, कर्तब्य र जिम्मेवारीको बारेमा आफ्नो महत्वपूर्ण धारणा राखेका थिए । सो कार्यक्रम विशेष पाटी बिस्तारको बिषयमा छालाफल भएको थियो ।

      कार्यक्रम सभाध्यक्षको महत्त्वपूर्ण भनाई पश्चात समापन गरेका थिए ।

        कमेन्टहरु