अपराध

    रुपन्देहीमा दुई समूहबिच झडप, पेस्तोलसहित दुई युवा पक्राउ

    नवलपुर टुडे
    २०८२ जेष्ठ ११ | बिहान ०८:०२ बजे

      रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका- ११ जितवापुर गाउँमा पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् ।

      गएराति दुई समूहबिच भएको झडपमा पेस्तोलसमेत भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीले बताए ।

      घटनामा एक जना युवा घाइते भएका छन् । नियन्त्रणमा लिएका युवालाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ । घाइते युवाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु