अपराध

    रामेछापमा बुहारीको हत्या आरोपमा बुढाथोकी पक्राउ

    नवलपुर टुडे
    २०८२ जेष्ठ १० | मध्यान्ह ०५:०२ बजे

      रामेछाप । रामेछापमा बुहारीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

      पक्राउ पर्नेमा मन्थली नगरपालिका–१२, सिकराल का ६१ वर्षीय शम्भु बुढाथोकी छन् । आफ्नी बुहारी २६ वर्षीया पवित्रा बुढाथोकीको हत्या गरेको उनीमाथि आरोप छ ।

      शुक्रबार (जेठ ९) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । शम्भुले खुकुरी प्रहार गर्दा पवित्राको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु