अपराध

    गाँजा बोकेको सवारी साधानसहित धनकुटामा १ जना पक्राउ

    नवलपुर टुडे
    २०८२ जेष्ठ १० | मध्यान्ह ०४:०२ बजे

      धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । सांगुरीगढी–२ का उल्लास लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

      विशेष सूचनाको आधारमा प्रहरीले प्र.१–०२–००२ च ५२३८ नम्बरको गाडीलाई शंकाका लागि चेकजाँच गर्जे क्रममा ८ सय ९० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

      गाँजासहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।

        कमेन्टहरु