दुर्घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    बाजुरामा ट्याक्टर दुर्घटना

    उमेश रोकाया
    २०८२ जेष्ठ १० | बिहान १०:०२ बजे

      बाजुरा, जेष्ठ १० । जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा न ३ मा मालबाहक ट्याक्टर दुर्घटना भएकाे छ । शनिबार (आज) बिहान कोल्टी बजारबाट बुढीनन्दा नगरपालिका ३ चुकिरूखमा दुर्घटना भएकाे हाे ।

      बुढीनन्दा नगरपालिका ३ स्थित सपुराली बड्डाला खानेपानी निर्माण आयाेजनाको सिमेन्ट र पाइप बाेकेर गएकाे ट्याक्टर दुर्घटनामा परेकाे स्थानिय महेश कार्कीले बताएका छन ।

      निर्माण साम्रगी बाेकेर काेल्टीबाट गएकाे ट्याकटर चुकिरुखमा कुरुवाट आएको जीपलाई साईट दिन खाेज्दा दुर्घटना भएकाे स्थानियले बताएका छन ।

      उक्त ट्याक्टर सडकबाट ५ मिटर तल खसेको जनाईएकाे छ । चालक भने सकुशल रहेका स्थानियले बताएका छन ।

        कमेन्टहरु