बिश्व

    पाकिस्तानले आफ्नो आकाशमा इन्डिगोको विमानलाई छिर्न नदिएपछि…

    एजेन्सी
    २०८२ जेष्ठ ९ | मध्यान्ह १२:०२ बजे

      नयाँ दिल्ली । बुधबार दिल्लीबाट श्रीनगर गइरहेको इन्डिगोको फ्लाइट नम्बर ६ ई २१४२ असिना पानीको चपेटामा पर्‍यो । टर्बुलेन्स हुने हो कि भन्ने आशङ्कामा रहेका विमानका पाइलटले लाहौरको एटिएससँग केही समयको लागि पाकिस्तानी आकाशको प्रयोग गर्न अनुमति गरेका थिए । तर पाकिस्तानको एटीएसले यसको अनुमति दिएन ।

      यतिबेला विमान अमृतसरको आकाशमा उडिरहेको थियो । असिना पानी यति ठुलो थियो कि विमानको नाक (अगाडिको भाग) भ्वाङ परेको थियो । तर पाकिस्तानले आफ्नो आकाशमा छिर्न नदिएपछि विमान मूल मार्गमै उडिरहन बाध्य भयो । त्यसपछि विमानमा भयानक टर्बुलेन्स भयो । पाइलटले श्रीनगरमा यात्री र क्रु मेम्बरको सुरक्षित रूपमा आपत्कालीन अवतरण गरे । 

      घटनाको समयमा विमानमा यात्री र चालक दलको सदस्य समेत गरेर २२७ जना थिए । प्रतिकूल मौसमका कारण विमानमा सवार यात्रीले पटक पटक झट्का महसुस गरेका थिए ।  पछिल्लो समय दुई देशबिच तनाव चर्किरहँदा भारत र पाकिस्तान दुवैले आफ्नो हवाई क्षेत्र अर्कोका लागि बन्द गरेका छन् ।

       

        कमेन्टहरु