दुर्घटना

    नवलपरासीमा नम्बर नखुलेको गाडिको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    नवलपुर टुडे
    २०८२ जेष्ठ ५ | बिहान १०:०२ बजे

      परासी । गएराति भएको दुर्घटनामा नवलपरासीको सुनवलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका- १ सण्डा बस्ने बर्ष २२ को जीवन यादव रहेको छ ।

      सुनवल नगरपालिका ल- ९ स्वाठीस्थित सुनवल-परासी सडक खण्डामा सुनवलदेखि परासी तर्फ जाँदै गरेको नम्बर नखुलेको सानो गाडीले बिपरित दिशाबाट आउदै गरेको लु ३६ प २५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाईते भएको हो ।

      घाइते यादवलाई उपचारका लागि जिल्ला पृथ्वी चन्द्र अस्पताल परासी पुर्‍याउदा डाक्टरले ८:४० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिएको छ ।

      मृतक मोटरसाइकल चालकको शव सोही अस्पतालको शव गृहमा राखिएको र ठक्कर दिने सवारी साधनको खोजिकार्य गरिरहेको पन्तले बताए ।

        कमेन्टहरु