प्रधानमन्त्री देउवालाई नेम्वाङको कटाक्ष : पार्टीको केही व्यक्तिसँग मात्रै गठबन्धन गर्नु संविधान विपरीत हो


काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो पार्टीको एउटा समूहसँग गठबन्धन गरेको भन्दै प्रधानमन्त्री देउवामाथि कटाक्ष गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेम्वाङले कांग्रेससँग हार्दिक सम्बन्ध राख्ने बताए । उनले भने, हामी तपाईंको पार्टीसँग तपाईंमार्फत सम्बन्ध विस्तार गर्छौं । तपाईंको पार्टीभित्रका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं ।’
एउटा पार्टीको केही व्यक्तिसँग मात्रै गठबन्धन गर्नु यो ठीक होईन, असंसदीय हो, संविधान विपरीत हो भन्ने जान्दाजान्दै कांग्रेसले विगतमा ‘यी कम्युनिस्टहरु लोकतान्त्रिक मूल्य मान्यता जान्दैनन् भनेर सम्झाउने गरेको भन्दै नेम्वाङले भने, ‘त्यसैभित्र यो पर्छ ? त्यस उपर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रधानमन्त्री देउवालाई माधवकुमार नेपालसहित एमालेका २२ सांसदको मत पाएका थिए ।





