बिश्व

    ‘ब्रुकलिन ब्रिज’मा ठोक्कियो मेक्सिकन नौसेना प्रशिक्षण जहाज

    एजेन्सी
    २०८२ जेष्ठ ४ | बिहान ०९:०२ बजे

      न्युयोर्क । न्यूयोर्क सहरको ‘ब्रुकलिन ब्रिज’मा ठोक्किएपछि मेक्सिकन नौसेना प्रशिक्षण जहाजमा क्षति पुगेको छ। यो जहाज त्यहाँ विशेष कार्यक्रमको लागि पुगेको थियो।

      शनिबार साँझ जहाज यस पुलमुनिबाट गुज्रिरहेको बेला जहाजमा रहेको अग्लो खम्बा पुलमा ठोक्किएको भिडियो सार्वजनिक भएको छ। रिपोर्टका अनुसार, ठोक्किएपछि जहाजको खम्बाको केही भाग भाँचिएर जहाजमा खसेको थियो । 

      अमेरिकी मिडियाले यस घटनामा धेरै जना घाइते भएको रिपोर्ट गरेको छ। न्युयोर्क शहरको आपतकालीन व्यवस्थापन एजेन्सीले राहत कार्यमा संलग्न रहेको बताए पनि थप विवरण भने दिएको छैन।

      मेक्सिकन नौसेनाले जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ। घटनाको अनुसन्धान भइरहेको पनि उनले बताए।

        कमेन्टहरु