विश्व

    भारतमा ९० बंगलादेशी पक्राउ

    एजेन्सी
    २०८२ जेष्ठ ३ | बिहान ११:०२ बजे
      काठमाडौँ, जेष्ठ ३। भारत उत्तर प्रदेशको मथुरामा अवैध रूपमा बस्दै आएका ९० बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ। मथुराका वरिष्ठ पुलिस अधीक्षक (एसएसपी) श्लोक कुमारले यो जानकारी दिएका हुन्।

      समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एसएसपी कुमारले भने, ‘थाना नौहझीलको टोलीले खाजपुर गाउँमा इँट्टा भट्टाहरूको जाँच गर्दा करिब ९० बंगलादेशी नागरिक फेला परे। तिनलाई हिरासतमा लिइएको छ र सोधपुछ भइरहेको छ।’

      पक्राउ पर्नेमा ३५ पुरुष, २७ महिला र २८ बालबालिका छन्। एसएसपीका अनुसार सोधपुछमा पक्राउ परेकाहरूले आफू बंगलादेशी नागरिक भएको र ३–४ महिनादेखि मथुरामा बस्दै आएको स्वीकारेका छन्। उनीहरूले यसअघि नजिकको अर्को राज्यमा बसोबास गरेको पनि बताए। 

      एसएसपी कुमारले थपे, ‘यो प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको छ। अन्य सम्बन्धित एजेन्सीलाई जानकारी दिइएको छ र तिनसँग समन्वयमा सोधपुछ जारी छ।’ 

      साथै, ती व्यक्तिलाई बसोबास गराउने इँट्टा भट्टाका ठेकेदारलाई पनि पक्राउ गरिएको छ।

        कमेन्टहरु