देश

    यार्सागुम्बासहित दार्चुलामा महिला पक्राउ

    जगत ठाडा मगर
    २०७८ साउन ९ | बिहान ०७:०४ बजे

      कैलाली । दार्चुलामा एक महिला यार्सागुम्बासहित पक्राउ परेकी छिन् ।

      पक्राउ पर्नेमा जिल्लाको महाकाली नगरपालिका -४ की ४० वर्षीया दीपा महरा रहेको प्रहरीले बताएको छ।

      उनलाई शुक्रबार साँझ २४० ग्राम अवैध यार्सागुम्बासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

      यार्सागुम्बासहित महरालाई डिभिजन वन कार्यालय बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

        कमेन्टहरु