घटना

    हुरीले घर भत्किँदा एकजनाको मृत्यु

    दिप्शन गुरुङ
    २०८२ जेष्ठ १ | बिहान ०८:०२ बजे

      झापा । हुरीका कारण घर भत्किँदा गएराति हल्दीबारीमा एकजनाको मृत्यु भएको छ । 

      जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।  

      हुरीले टिनको छाना भएको घरको बिमले थिचेर मगरको मृत्यु भएको हो ।

        कमेन्टहरु