प्रबास, विश्व, समाचार, समाज

    नेपाल पत्रकार महासंघ कतारले विविध कार्यक्रम गरि १९ औ स्थापना दिवस मनाउने

    रामएकवाल राम
    २०८२ बैशाख २८ | बिहान ११:०१ बजे

      रामएकवाल राम

      दोहा :- नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १९ औं स्थापना दिवस मनाउने भएको छ ।

      सन् : २००६ मा कतारमा स्थापना गरिएको महासंघले आगामी मे १६ तारिख शुक्रबारका दिन ‘नेपाली राजदुतावासको सभाहलमा’ विविध कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाउन लागेको हो ।

      स्थापना दिवसको अवसरमा नेपाली राजदुतावास कतारको सहकार्यमा समाजिक सुरक्षा कोष र श्रम स्वीकृति सम्बन्धि विशेष प्रशिक्षण रहेको शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी दिए।

      कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्था, सामाजिक व्यक्तित्वहरुलाई विभिन्न माध्यमबाट निमन्त्रणा प्रेषित गरिएको र कुनै कारणवश प्रापकसम्म  निमन्त्रणा पुग्न नसकेको भए यसै आव्हानलाई स्वीकार गरी उपस्थित भई दिन सम्वन्धित सबैमा हार्दिक अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए।

        कमेन्टहरु