घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

    बाजुराको बुढीगंगामा एक जना मृत अवस्थामा फेला

    उमेश रोकाया
    २०८२ बैशाख २५ | बिहान ०९:०१ बजे

      बाजुरा , बैशाख २५ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्।

      जिल्लाको बुढीगंगा नगरपालिका-६ फालासैन स्थित साँफे–मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा सोही ठाउँ बस्ने ३८ वर्षीय नरेन्द्र थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

      सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

        कमेन्टहरु