कर्णाली प्रदेश, गण्डकी प्रदेश, देश, बागमती प्रदेश, मधेश प्रदेश, रोजगार, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य

    कविताको शिर्षक भाग्यको भरोसामा नेपाल

    याम बहादुर थापा मगर
    २०८२ बैशाख २३ | बिहान ०८:०१ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

      ९८४७६५७३००

       

       

      कविताको शिर्षक

       भाग्यको भरोसामा नेपाल

      नेपाल— सगरमाथा पर्वत जस्तो उचाइ, तर सोच कतै अड्किएको।
      यहाँ मानिसहरू बिहान सूर्योदयसँगै उठ्छन्, तर हात बाँधिएको हुन्छ।
      कर्म होइन, भाग्यले लेखेको रेखाको अनुकरण गर्दै।

      कति सपना मृत हुन्छन्, आकाशमा होइन, निधारको रेखामा अड्किएर।
      बुढी आमाले भन्छिन्— “बाबु, भाग्यमा लेखिएको छ भने त कसैले रोक्न सक्दैन।”
      तर भाग्य कहिल्यै माटो कुटेर स्कूल बनाउँदैन,
      न त बाढीको बीचमा पुल खडा गर्छ।

      हाम्रा गाउँका बाटाहरू अझै पनि त्यहीँ छन्,
      जहाँ डोर बहादुर विष्टले पाइला टेकेका थिए,
      मानवशास्त्रको बिम्ब लिएर, समाजको गहिराइ नाप्दै।
      तर उनले बुझेको कुरो हामीले बिर्सियौं ।
      सांस्कृतिक संरचनाले विकास रोकेको होइन,
      हाम्रो सोचले आफैंलाई बाँधेको हो।

      हामी भाग्य थि विश्वास गर्छौं,
      तर सीप माथि होइन।
      हामी पुजा गर्छौं,
      तर प्राविधिक शिक्षा दिनेलाई चिन्दैनौं।
      हामी नेताको भाषणमा ताली बजाउँछौं,
      तर आफैं सडक मर्मत गर्न हात चलाउँदैनौं।

      यो देशको मुहार बदलिन्छ ।
      जब हामी भाग्य होइन, कर्मको पूजा गर्न थाल्छौं।
      जब डोर बहादुर विष्टको विचार हामीले मनन गर्छौं,
      र समाजको रचना परिवर्तन गर्न सक्ने हिम्मत संकलन गर्छौं।

      नेपाल, तिमी महान हौ,
      तर भाग्यले होइन ।
      जागरुक मन, कर्मशील हात र सोचको क्रान्तिले।

      तिमी नेपाल आमा  बदलिन सक्छ्यौ ।
      यदि ‘होला-होला र’ को देशबाट
      ‘गर्छु-गर्छौं’ को देश बन्न सक्यौ भने।

        कमेन्टहरु