घटना

    गैडाकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

    नवलपुर टुडे
    २०८२ बैशाख २२ | मध्यान्ह ०४:०१ बजे

      गैंडाकोट । नवलपुरको गैडाकोट- ३ केलादीस्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएका छन ।

      मृत्यु हुनेमा भरतपुर महानगरपालिका- ८ बस्ने बर्ष १६ को प्रमिशन पाठक र सोही महानगरपालिका- ४ धर्म चोक बस्ने बर्ष १६ को शिशिर पन्त रहेका छन ।

      उनीहरु गर्मी छल्न पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिएको छ ।

      घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको नेपालले बताए ।

        कमेन्टहरु