गण्डकी प्रदेश, प्रदेश, बागमती प्रदेश, मानवअधिकार, विचार/ब्लग, शिक्षा, समाज, साहित्य

    कविताको शीर्षक युवा, बाटो फेर्नु पर्छ अब

    याम बहादुर थापा मगर
    २०८२ बैशाख २२ | मध्यान्ह ०३:०१ बजे
       

      याम बहादुर थापा मगर
      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ
      ९८४७६५७३००

      कविताको शीर्षक
      युवा, बाटो फेर्नु पर्छ अब

      सानो उमेरमा जाड रक्सीको चुस्की,
      सस्तो रमाइलोको मोहमा डुबेका हातहरू।
      गाँजा चरेश, चुरोटको धुवाँ
      भएको भविष्य धुवाँसँगै उड्दैछ।
      कसैले सम्झाउँदैन, कसैले सुन्दैन,
      किनकि हामीले सुन्ने बानी हरायो।
      तर अब समय फेरिएको छ,
      बाँकी जीवन लेख्ने कलम अझै आफ्नै हातमा छ।

      कसरी फेर्ने बाटो?
      सकारात्मक साथीसंगत:
      गलत साथी छुटाउनुहोस्,
      सहारा बन्नेहरू रोज्नुहोस्।

      व्यवस्थित दिनचर्या बिताउने
      बिहान उठ्ने, अध्ययन गर्ने, व्यायाम गर्ने;
      नियमितता नै अनुशासनको जरो हो।

      सीप सिकाइ र तालिममा ध्यान दिनुहोस्
      बेरोजगारी हटाउन कम्प्युटर, सिलाई, कृषि जस्ता सीपहरू सिकौं।

      समूह गठन गरेर
      युवाहरूको सञ्जाल बनाऔं,
      एक अर्काको प्रेरणा बनौं।

      उद्यमशिलता र नवप्रवर्तनको योजना बनाउनु
      साना व्यवसाय सुरु गरौं,
      आफ्नै गाउँमै अवसर देखौं।

      मानसिक स्वास्थ्यमा ध्यानको अभ्यास गरेर
      ध्यान, परामर्श र आत्मअनुशासन आवश्यक छ।

      शिक्षा र अध्ययन निरन्तर गरेर
      किताबसँग मित्रता गरौं, ज्ञानले नै बाटो देखाउँछ।

      सरकार र संस्थाको सहकार्य अनुभूति गराई
      नीति बनाउने र कार्यान्वयन गराउनेहरूसँग सहकार्य गरौं।

      कुलत छुट्छ, यदि मनले चाह्यो भने।
      सृजनशील बन्न सकिन्छ,
      यदि हिम्मत जुटायौं भने।
      युवाशक्ति परिवर्तनको स्रोत हो—
      तर त्यसलाई साँच्न सक्नुपर्छ।

        कमेन्टहरु