गण्डकी प्रदेश, प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य

    कविताको शिर्षक सुचनाको बाढीमा नागरिक

    याम बहादुर थापा मगर
    २०८२ बैशाख २१ | बिहान ०८:०१ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

      ९८४७६५७३००

      कविताको शिर्षक

      सुचनाको बाढीमा नागरिक

       

      सूचना वर्षा जस्तो होइन,
      यो त बाढी हो ।
      जहाँ सत्य र झुट दुवै बगिरहेका छन्,
      र हामी बीच धारमा डुबुल्की मारिरहेका छौं।

      हाम्रो फोन कम्पन हुन्छ,
      स्क्रिन बल्छ,
      एउटा भाइरल तस्बिर, अर्को हेडलाइन ।
      कोही रोइरहेका छन्, कोही हाँसिरहेका,
      तर सत्य कतै हराएको छ।

      कसको भनाइ पत्याउने ?
      कसको मुखुण्डो खोल्ने ?
      फेसबुकको पोस्ट कि युट्युबको टेड्रिङ लहर ?
      टिकटकको ३० सेकेण्ड कि ट्वीटरको १४० क्यारेक्टर ?

      सूचना धेरै छ,
      तर ज्ञान हराउँदैछ।
      जसले चिच्याउन जान्छ,
      त्यसकै आवाज गुञ्जन्छ,
      शान्त सन्देशहरु, मौन सन्देशहरु
      ओझेल हुँदा छायामा हराउँछन्।

      सोधौं ।
      स्रोत के हो ?
      तथ्य के हो ?
      त्यो पोस्टले के पुष्टि गर्छ ?
      त्यो समाचारले कस्को उद्देश्य बोकेको छ ?

      सजग बनौं ।
      सबै थाहा पाउनु जरुरी छैन,
      तर जे जानौं, त्यो सत्य होस्।
      विश्वास गर्नु अघि पुष्टि गरौं,
      शेयर गर्नु अघि सोचौं ।

      समय हाम्रो हो,
      सजग दिमाग हाम्रो सम्पत्ति।
      त्यसैले बनौं छान्ने नागरिक,
      जुन सूचना ग्रहण गर्छ,
      तर बिचारले पचाउँछ।

      आफ्ना सिर्जनात्मक आँखा नअन्धा बनाऔं,
      कलम अझै बलियो छ,
      तर त्यसमा तथ्यको मसी हुनुपर्छ।

      सत्यको खोजी सजिलो छैन,
      तर नागरिक हुनु सजिलो पनि त कहाँ हो र?

        कमेन्टहरु