कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, देश, धर्म–संस्कृति/रीतिथिति, लुम्बिनी प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य

    कविताको शिर्षक सुनौलो सकारात्मक बिहानी

    याम बहादुर थापा मगर
    २०८२ बैशाख २० | बिहान ०७:०१ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचयर बागलुङ

      ९८४७६५७३००

       

      कविताको शिर्षक

      सुनौलो सकारात्मक बिहानी

       

      भोलिको आकाश अझै उदाएको छैन,
      तर हिजोको अन्धकार बिस्तारै टाढिँदैछ।
      हाम्रो मुटुमा केही योजना र लक्ष्य बाँकी छ ।
      आशा, जसले प्रत्येक बिहानीलाई सुनौलो बनाउँछ।

      बिहानी केवल घाम होइन,
      यो सम्भावनाको ढोका हो,
      जहाँ नयाँ सोचहरू अंकुरिन्छन्,
      र मनका भित्ताहरूमा उज्यालो चित्र कोर्छन्।

      सकारात्मकता केवल मुस्कान होइन,
      यो साहस हो ।
      दुःखका गल्लीहरू पार गर्दै पनि
      अगाडि बढ्ने हिम्मत राख्ने मन।

      हिजो थाकेका पाइला आज फेरि उठ्छन्,
      अधुरो सपना फेरि आँखा कोरामा बस्छ।
      र हाम्रो जीवन ।
      अलिकति पीडा, अलिकति आशा,
      तर समग्रमा — एउटा सम्भावनाको कथा।

      सुनौलो बिहानीले सम्झाउँछ ।
      हरेक रातको अन्त्य हुन्छ।
      अनि नयाँ युगको सुरुवात हुन्छ,
      जहाँ हामी विगतको भारी घटाएर
      भविष्य तर्फ हलुका मनले यात्रा सुरु गर्छौं।

      बालबालिकाको हाँसो,
      पानीको बिस्तारिएको चमक,
      हावा चल्दा सर्रर आएको  रूख
      यी सबै भोलिको संकेत हुन्।
      जुनले सकारात्मक संकेत गर्छन्
      अझ राम्रो सम्भवना बोकेको छ,
      अझ राम्रा काम बाँकी छन्।

      त्यसैले आज,
      हरेक बिहानीलाई स्वागत गरौं ।
      नयाँ ऊर्जा, नयाँ दृष्टिकोण,
      र मानवताको उज्यालो बोकेर।

        कमेन्टहरु