शिक्षा, समाचार

    कक्षा १२को परीक्षा तोकिएकै समयमा हुन्छ : परीक्षा बोर्ड

    नवलपुर टुडे
    २०८२ बैशाख १८ | मध्यान्ह ०६:०१ बजे

      काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा तोकिएकै समयमा हुने जानकारी दिएको छ । यसअघि वैशाख ११देखिका लागि तय भएको परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण वैशाख २१ गतेका लागि सरेको थियो । 

      बोर्डले महासंघको आन्दोलन स्थगन भइसकेकाले कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मिति (०८२ वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म) र निर्धारित परीक्षा केन्द्रमा सञ्चालन हुने जानकारी गराएको हो । 

      अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरेर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै बोर्डले भ्रममा नपर्न आग्रह पनि गरेको छ । 

      hseb-1746099178.jpg
       

       

       

        कमेन्टहरु