गण्डकी प्रदेश, विचार/ब्लग, शिक्षा, समाज, साहित्य

    कविताको शिर्षक : पर्खाइमा पुस्तकहरू

    याम बहादुर थापा मगर
    २०८२ बैशाख १५ | बिहान ११:०१ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

      ९८४७६५७३००

       

      कविताको शिर्षक

      पर्खाइमा पुस्तकहरू

      शहरका कुनामा,
      गाउँका चौरमा,
      शान्त बसेका छन् पुस्तकहरू ।
      चुपचाप, धूलोसँग सास फेरिरहेका।
      पुस्तकहरू कुर्दै छन्,
      कसैले खोलून्,
      कसैले सुनून्,
      कसैले महसुस गरोस् ।
      भाषाको गहिराइ, इतिहासको स्वाद, कल्पनाको उडान।

      तर सूचनाको बाढी आएको छ,
      हातमा मोबाइल छ,
      आँखा स्क्रिनमा बाँधिएका छन्।
      फाँटेका पानाहरू भन्दा
      झिलिमिली पिक्चरहरू मनपर्ने भएका छन्।
      पुस्तकालयको ढोका अझै उघ्रिन्छ,
      तर प्रवेश गर्ने पाइला शून्य प्राय छन् ।

      के गरौँ त?
      पुस्तकहरूलाई फेरि बोलाउँने र पढने कसरी?

      लाग्छ  मलाई
      पुस्तकालयहरूलाई डिजिटल बनाऊँ,
      इ-बुकहरू सजिलै उपलब्ध गराऊँ।
      मोबाइल एप्समा लाइब्रेरी बनेर घुमाउन सकूँ।
      भर्चुअल प्रदर्शनी राखूँ,
      पढाइ र पठन सस्कृतिको कार्यक्रम चलाऊँ।

      साना बालबालिकालाई चित्र-पुस्तकको रंगीन संसार देखाऊँ,
      युवालाई लेखकसँग लाइभ संवाद गराऊँ।
      साहित्यिक मेला पुस्तकालय मै सन्चालन गरूँ,
      रचौँ लेख तथा  पढ्नेलाई सम्मान र पुरस्कारको बाटो।

      पुस्तकहरूलाई मात्र होइन,
      पढ्नेलाई पनि बाँध्नुपर्छ,
      मायाले, प्रेरणाले, उत्साहले।
      पढाइलाई फेसन बनाउँ,
      ज्ञानलाई उत्सव बनाउँ।

      एकदिन फेरि,
      पुस्तकालयका गल्लीहरू गुञ्जिनेछन् ।
      किताब पल्टाउने आवाजले,
      नयाँ सपनाहरू लेख्ने आँखाले।

      त्यो दिन,
      पुस्तकहरू केवल धूलोको साथी हुने छैनन्,
      जीवनका सहयात्री बन्नेछन्।

        कमेन्टहरु