विचार/ब्लग, शिक्षा, समाज

    कविताको शिर्षक: सङ्ग्रहालयमा परिणत हुँदै गाँउका घर

    नवलपुर टुडे
    २०८२ बैशाख १४ | मध्यान्ह ०६:०१ बजे

      सिरानमा थिचिएका ढुङ्गाका ढिस्काहरु,
      झ्यालबाट छिर्छ चिसो हावा,
      आँटिनु भनेको त फेरि पनि,
      पुरानो घरको एउटा चर्किएको भित्तामा हात टेक्नु जस्तै हो ।

      नेपाली गाउँका खाली ती पुराना घरहरू,
      अब सङ्ग्रहालय जस्तै भएका छन् ।
      मर्मतका सिकार, सम्झनाका स्तम्भ ।
      माईतीघरको आँगन चुँडिएर,
      परदेशी नातिहरुको मोबाइलको फ्रेममा थुनिएको छ ।

      कहिलकाँही सम्झनामा आउने माध्यम बनेको छ ।

      गुँडेर खेलेका चौतारा, टुक्रिएको अगेनो,
      मुस्कुराइरहेका छन्, ऐतिहासिक दागसँगै
      हरेक चिट्ठी, हरेक पिपलका पातले
      एउटा समयको कथा बोकिरहेका छन् ।

      बसाइँसराइ गरेका जनहरुलाई पर्खिरहेको छ ।

      कहिल्यै नआउने पदयात्रीहरुको पदचापलाई चुमिरहेको छ ।

      भत्किन लागेको घरहरुमा भुतको बाँस हुन थालेको छ ।

      भुत बस्ने घरहरुको सख्या बढीरहेको छ ।

      दशै तिहार नयाँ वर्षमा रगीने घरहरु

      अहिले थुप्रै वर्षहरु बित्दा समेत पोतिन पाएन ।

      बसाइ सरेर जाने घर धनीले म टाढा जान्छु भनेर

      कहिल्यै नआउने गरी जान्छु भनेर भनेनन

      खाली ढोकामा भोटेताल्चा मारेर गएपछि

      आरन गाउँको मामालाई भोटेताल्चा बनाउने

      नयाँ रोजगार खुलेकोमा मामा दुखी हुनुहुन्छ ।

      डिलमा उभिएको त्यो घर ।
      जहाँ कहिल्यै बन्द नहुने घण्टी थियो,
      आमा बोलाउने स्वर थियो,
      बाजेको तामाको करुवा र उखान थियो,
      आज त्यहाँ मौनता बज्छ ।

      घामछायाँको खेलले पनि सोध्छ —
      किन यत्रो खालि भयो गाउँ?
      चलेका छन् मान्छे,
      तर बाँकी छन् घरका भित्ताहरु,
      चिरिएका,  चुपचाप सुनिरहेछ आवाजहरु,
      तर बोल्न सक्नेको अगाडी
      स्मृतिको एकाएक सजीव बनाउने ।

      यी घरहरू अब केवल बास छैनन्,
      यी त संग्रहालय बनेका छन् ।
      जहाँ सास फेर्छ पुरानो माया,
      जहाँ बाँचिरहेछ पहाडको न्यानो पसिना,
      जहाँ सुस्तरी रोइरहेछ हाम्रो छुट्न नचाहेको इतिहास ।

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

      ९८४७६५७३००

        कमेन्टहरु