प्रबास

    हेल्प मधेशी कतारद्वारा नयाँ वर्षको शुभकामना अदानप्रदान सम्पन्न

    रामएकवाल राम
    २०८२ बैशाख १३ | मध्यान्ह ०३:०१ बजे

      दोहा, कतार । नयाँ वर्ष २०८२ को सुखद अवसरमा हेल्प मधेशी कतारले एक कार्यक्रमको आयोजना गरि शुभकामना अदान प्रदान सप्पन्न गरेका छन। शुक्रबार कतारको अल दोसरी पार्कामा आयोजित नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा वनभोज जुरशितल तथा संस्कृतीक कार्यक्रमको आयोजना गरि एक आपसमा शुभकामना अदान प्रदान गरि मनाएको हो।

      photo 2025 04 26 15 04 00

      संस्थाको अध्यक्ष रमेश यादवको सभापतित्व तथा कतारका लागि नेपाली राजदुत महामहिम रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यतामामा सप्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले खाडी मुलुकमा रहेर पनि आफ्नो परम्परा, संस्कृती, अनुरुप गरिएको कार्यक्रमलाई प्रसंशा गर्दै सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए।

      कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाको प्रमुख तथा प्रतिनिधि , कालाकार , पत्रकार संस्था भुतपुर्व अध्यक्ष रामकल्याण महतो, रामकुमार यादव सहित अन्य व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा संस्थको संस्थाका सल्लाहकार अरुण कुमार यादवले सहजीकरण गरेका थिए भने प्रथम उपाध्यक्ष जय किशोर मण्डलले स्वागत मन्तव्य राखेका थिए।

      photo 2025 04 26 15 04 04

      कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष रमेश यादवले यस कार्यक्रमलाई सफल बनाउन विभिन्न तह तप्काबाट सहयोग गर्नु हुने तथा निम्तोलाई स्विकार्दै कार्यक्रममा उपस्थित सबैमा नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गरेका थिए।

        कमेन्टहरु