गण्डकी प्रदेश, विचार/ब्लग, शिक्षा, साहित्य

    कविताको शिर्षक हराउँदै गएको भरोसा

    याम बहादुर थापा मगर
    २०८२ बैशाख १० | मध्यान्ह ०८:०१ बजे

      याम बहादुर थापा मगर

      बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर बागलुङ

      ९८४७६५७३००

      कविताको शिर्षक 

      हराउँदै गएको भरोसा

      सहरको कुनामा होइन, गाउँको छेउमा जन्मिएको थियो सहकारी
      जहाँ जनताको थोत्रो पाईन्ट भित्र पनि थिए सपना,
      र माटोले च्यातिएको झोला भित्र थिए योजनाहरू।
      नखाइ नखाइ, सुकुटी बेचेर, पसिना सुकाएर,
      जम्मा गरिएको एक सय, दुई सय, हजारका नोटहरु
      उही थिए जिउने आधार, सहकारीको भर।

      तर आज त्यो भरोसा माथि निर्ममतापुर्वक हिकाएको छ।
      कर्मचारी गायब छन्, फाईल खोइ, खाताको रेकर्ड खोइ?
      ऋण तिर्ने होइन, लिनेको लहरै छ ।
      र वचत फिर्ता गर्नेको अनुहार छैन, ठेगाना छैन।

      नेता, बुद्धिजीवी, कर्मचारी
      हिजो भाषणमा गरिबको नाम लिनेहरू,
      आज बिस्तारै उस्तै गरिबको रगतमा हात हाल्ने भएका छन्।
      सहकारी बनेको छ निजी सम्पत्ति,
      आन्दोलन बनेको छ सम्झनाको फाइल।

      “एक गाउँ, एक सहकारी” भन्ने नारा,
      कहाँ हरायो सहकारीका मुल्य मान्यता ?
      “घर घरमा सहकारी” भन्ने सपना
      किन बन्यो मात्र कागजी योजना ?

      तर अझै पनि आशा बाँकी छ ।
      यदि सहकारीलाई मुनाफाको होइन,
      मानवीय मूल्यको कुरा मानियो भने,
      यदि सात सिद्धान्तलाई पुस्तिकामा होइन,
      हाम्रो अभ्यासमा लागू गरियो भने,
      यदि पारदर्शिता र सहभागिता किताबको होइन,
      कर्मको भाषा बनाइयो भने।

      तब फेरि सहकारी र सहकार्य बन्न सक्छ।
      जनताको आर्थिक मुक्ति अभियान,
      नयाँ विश्वासको स्तम्भ,
      र फेरि एक पटक,
      सस्तो लुगा लगाउने तर गर्वले हिँड्ने गरिबको बैंक।

       

        कमेन्टहरु