धर्म–संस्कृति/रीतिथिति, प्रबास
युएईमा नेपाल फेस्टिवल २०२५ भब्य सम्पन्न


युएई । प्रवास यूएईमा गत आईतबार २० अप्रिलको दिन ७० देखी ८० हजार दर्शकको उपस्थितीसहित नेपाल फेस्टिवल २०२५ सम्पन्न भाएको छ।
नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएको हुँदा हामीले हाम्रो मौलिक संस्कृति, परम्परा, भाषा, साहित्य, संगीत, कला र पर्यटनलाई विश्वसामु परिचित गराउदै समग्र नेपालको पर्यटन उद्योगको योगदान गर्ने उद्देश्यले नेपाली राजदूतावास अवूधावीको संरक्षकत्व, नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईको संयोजकत्व, नेपाली समाज यूएई, नेपाल बिजनेस काउन्सिल यूएई ,नेपाल आदिवासी जनजाति महासंघ यूएई, नेपाल पत्रकार महासंघ यूएई शाखा, राजवंशी समाज विकास समिति यूएई, बैचारिक संघसंस्थाहरु तथा सम्पूर्ण यूएईमा सक्रिय क्षेत्र, जिल्ला नगर, जातीय तथा धार्मिक एवं पेशागत नेपाली संघसंस्थाहरूको संयूक्त आयोजनामा यही २० अप्रिल २०२५ आईतबारका दिन दूबईको क्रीक पार्कमा ७० हजार भन्दा बढी नेपाली तथा बिदेसी दर्शक तथा पाहूनाहरूको उपस्थितिमा ऐतिहासिक रूपमा सम्पन्न भयो ।

नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएई अध्यक्ष तथा नेपाल फेस्टिभल मूल आयोजक समिति संयोजक बिकास शाहीले सभापतित्व गर्नूभएको सो समारोहमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमूख आतिथ्य, बिशिस्ट अतिथि नेपाली राजदूतावास अबूधावीका महामहिम राजदूत तेजबहादूर क्षेत्रीज्यू, नेपाल उध्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालज्यू, यूएई सरकारको बिदेश मन्त्रालय प्रतिनिधिज्यू, यूएईस्थित कूटनितिक नियोगका प्रतिनिधिज्यूहरू, नेपाली राजदूतावास परिवार, यूएईका लागि नेपालका पर्यटन दूत मनोज नेपाल ज्यू, गैर आवासिय नेपालीसंघका सचिव मनोज गोर्खाली, मध्यपूर्व उपसंयोजक रमेश श्रेष्ठ, एनसीसी यूएई संरक्षक ठाकूर प्रसाद ढूंगाना लगायत राष्ट्रिय तथा अन्तरराष्टि्य अभियन्ताज्यूहरू, नेपाल एसोसिएसन – एनआरएनए एनसीसी यूएईका, सल्लाहकारज्यूहरू, नेपाली समाज यूएई, नेपाल बिजनेस काउन्सिल,आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ यूएईका निवर्तमान अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, यूएईको नेपाली समूदायका लब्ध प्रतिष्ठित बरिष्ठ समाजसेवी ब्यक्तित्वहरू तथा अन्य संघसंस्थाका पदाधिकारी तथा सदस्यहरूको आतिथ्यता थियो । 
त्यसैगरी राजवंशी समाज विकास समिति यूएई बाट निम्न व्यक्ति तथा कलाकारहरुको सभागिता रहेको थियो, स्वागत् नृत्यको लागि आदिबासी जनजाती महासंघ अन्तर्गत रहेका ११ वटा जातजातीको कलाकारहरु सँगै राजवंशी समाज विकास समिति यूएई बाट मेनुका राजवंशी र नरेश राजवंशीले प्रस्तुती दिएका थिए । राजवंशी जातिय सामुहिक नृत्य कलाकारहरुमा पुनम राजवंशी, दीपा राजवंशी, चन्द्रा कुमारी माझी, अशोक राजवंशी, रोशन चाैधरी, श्याम राजवंशी र धाकरु राजवंशी ले बेजोड प्रस्तुति दिएका थिए।
अन्य रा.स.वि.स.यूएईबाट डम्बर बहादुर राजवंशी “अर्जुन” (अध्यक्ष), पुनम राजबंशी (उपाध्यक्ष), धाकरु राजबंशी (उपाध्यक्ष), बलराम राजबंशी (स.कोषाध्यक्ष), जय ना. राजबंशी (बरिस्ठ सल्लाकार), भुपेन्द्र राजबंशी (बरिस्ठ सल्लाकार), हरि राजबंशी (सद्स्य), दिपा राजबंशी (सद्स्य), सुनिल राजबंशी (सद्स्य), सीता राजबंशी (सद्स्य), सबिना राजबंशी (सद्स्य), श्री प्रसाद राजवंशी (सद्स्य), उमेश राजबंशी (सद्स्य), ईश्वरचन्द राजवंशी, जीवन तिम्सिना, समिर श्रेष्ठ, देव कुमार राजवंशी, माइनट राजवंशी, सुनिल कुमार राजवंशी र आशिस राजवंशीको उपस्थिती रहेको थियो।

फेस्टिभलमा टाईटल स्पोन्सर उजोवा व्यूटी क्लिनिक सहित ६० प्रतिस्ठित व्यापारिक संस्थाहरूको प्रायोजन रहेको तथा उक्त प्रायोजन कम्पनीका ५० वटा व्यवसायीका व्यापारिक स्टलहरू राखिएका थिए जहांवाट दर्शकहरूले सामान अबलोकन तथा खरिद गरेका थिए भने खानाका स्टलहरूबाट नेपाली परिकार चाख्ने अवसर पाएका थिए । त्याँ रहेका नेपाल हाउसमा राजवंशी समाज विकास समिति यूएईले आफ्नो मौलिकता झल्काउने विशेष राजवंशी समुदायको परम्परागत वस्तु हरु: घुगुमुहु, करताल, दोतारा, शेरेन्जा, हुकाहुकि,धकरा, कीनाती ,झालङ, जाउली, ढेरा, काठठा, जाल, ढाकी, दाल घटनी, पीट्ना लगायत अन्य थुप्रै सा- समानहरु राखी प्रदर्शन गरेको थियो । कार्यक्रममा सहभागि भै आफ्नो कला क्षमता मार्फत दर्शक र पाहुनाहरूलाई मनोरन्जन दिने साना वालवालिका भाईबहिनीहरू, स्थानीय तथा नेपालबाट आउनूभएका गरी २०० बढी कलाकारज्यूहरूलाले आकर्षक जातिय , सांस्कृतिक, धार्मिक झांकी र प्रस्तूतिकरन दिएका थिए।

यस कार्यक्रममा उर्लिएको जनसागरलाई व्यस्थित गर्ने काममा चर्को घाम तथा अंध्यारोमा व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेल्ने डोरसेक सेक्यूरिटी कम्पनी , डायना ईन्टरटेन्मेन्ट, टाईमक्वेस्ट ईभेन्ट एलएलसी, मेडियोर हस्पिटल र दूबई म्यूनिसिपालिटी र दूबई पूलिस र सम्पूर्ण स्वयंसेवकहरुले साझेदारी तथा सहयोग गरेका थिए।






