गण्डकी प्रदेश, विचार/ब्लग, साहित्य

    अतिथि होमस्टे भकुण्डेको सपना

    याम बहादुर थापा मगर
    २०८२ बैशाख ९ | मध्यान्ह ०३:०१ बजे

      याम बहादुर थापा मगर
      बागलुङ नगरपालिका वार्ड नं १० भकुण्डे धौलेचउर
      ९८४७६५७३००

      (गद्य कविता)

      भकुण्डेको सिरानीमुनि लुकेको छ,
      एक मीठो सपना—अतिथि होमस्टे,
      जहाँ पाहुनाका पाइला पर्ना साथ
      मगर संस्कृतिको घाम टल्क टल्किन्छ।

      डाँडापाखा मुस्कुराउँछन्,
      हरियो पाखो, सेता बादल, अगाडिको हिमालले
      प्राकृतिक माटोको सुगन्धले मन लोभ्याउँछ।
      तपाईं आउनुस्, यहाँ मनै देखि स्वागत छ।

      घाम झैं न्यानो आतिथ्य,
      परम्पराको मिठास मिसिएको ढिंडो,
      लोक संस्कृतिको तालमा घन्किने
      झ्याउरे भाकाको सुमधुर गुञ्जन।

      यहाँ केवल सयर होइन,
      यहाँ जीवन अनुभूत हुन्छ।
      आमाको हातले पकाएको खाना,
      बाजेको कहानी, प्रकृतिसँग लयबद्ध बास।

      भकुण्डे अब बदलिंदै छ,
      नयाँ आशा, नयाँ सपना बोकेर।
      गाउँको मुटुमा भरिएको माया,
      जो पर्यटकको मुस्कानसँगै सजिन्छ।

      पर्यटनको उज्यालोले गाउँ झलमल पारोस्,
      यहाँका मान्छेहरू स्वाभिमानले बाँचून्।
      होमस्टे भकुण्डे, एउटा सपना होइन,
      अबको पहिचान बन्नुपर्छ।

      बागलुङ नगरपालिका वार्ड नं १० भकुण्डे धौलेचउर
      ९८४७६५७३००

        कमेन्टहरु