दुर्घटना

    पर्सामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    नवलपुर टुडे
    २०८२ बैशाख ९ | मध्यान्ह ०३:०१ बजे

      वीरगञ्ज । पर्सामा ट्रकको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मङ्गलवार दिउँसो ट्रकले ठक्कर दिँदा परवानीपुरका मोटरसाइकल चालक प्रदीप गुप्ताको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

      वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २१ मा ना ६ ख ७६०९ नम्बरको ट्रकले मधेस प्रदेशको प्रदेश २–०३–०२१ प ६३०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । 

      मोटरसाइकललाई ठक्कर दिने ट्रक भने पर्साको परवानीपुर प्रहरी चौकीमा राखिएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनामा मधेस प्रदेशको ०३–००१ द ००५१ नम्बरको ट्रयाक्टरलाई समेत ट्रकले ठक्कर दिएको थियो । 

      मृतकको शव भने पोष्टमार्टमका लागि नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु