घटना

    रुपन्देहीमा पौडी खेल्नेक्रममा बेपत्ता दुई बालकको शव फेला

    नवलपुर टुडे
    २०८२ बैशाख ९ | बिहान ०९:०१ बजे

      बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये २ बालकको शव फेला परेको छ ।

      सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान नदीबाट शव निकालेको हो । सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र वर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो ।

      उनीहरूको खोजीको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।

      सुरक्षा वेश लुम्बिनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालाको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव फेला पारेको हो ।

      बेपत्ता मध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।

        कमेन्टहरु