शिक्षा

    परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय गर्ने

    नवलपुर टुडे
    २०८२ बैशाख ९ | बिहान ०६:०१ बजे

      काठमाडौं,बैशाख ९। कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ। बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए। शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन्।

      शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू दिनहुँ माइतीघर–बानेश्वर सडकमा प्रदर्शन गरिरहेका छन्। सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यसबीचमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्।

       
       

        कमेन्टहरु