देश

    राप्रपालाई गृह मन्त्रालयको चेतावनीः निषेधित क्षेत्र तोडे कारबाही हुन्छ

    नवलपुर टुडे
    २०८२ बैशाख ७ | बिहान ०५:०१ बजे

      काठमाडौँ । गृह मन्त्रालयले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडे कानुनबमोजिम कारबाही हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चेतावनी दिएको छ।

      गृहले शनिबार विज्ञप्ति जारी गरेर राप्रपाले वैशाख ७ गते आइतबार निषेधित क्षेत्र तोड्ने भनि सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने  चेतावनी दिएको हो।

      गैरकानुनी गतिविधिमा संलग्न जोसुकैलाई कानुनबमोजिक कारबाही हुने गृहको भनाइ छ। साथै गृहले अराजक क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ।

      ‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

      491284156 1935563647255480 6220252405480301758 n

        कमेन्टहरु