विचार/ब्लग

    काठमाडौंमा शिक्षकहरू

    नवलपुर टुडे
    २०८२ बैशाख ६ | बिहान ०७:०१ बजे

      १.
      कक्षा छोडेर शिक्षकहरू किन आउनु काठमाडौं
      संघीय राजधानी भनेर किन गाउनु काठमाडौं 
      यो सहर विश्वमा प्रदूषण नम्बर एक हुँदा
      फोक्सोको बेथा निम्त्याउन किन धाउनु काठमाडौं ?

      २. 
      फोहोरी राजनीतिले थिलथिलो भो मुलुक
      र मक्किएर भाँचिएको किलो भो मुलुक
      सधैँ गन्जागोल र अस्तव्यस्तता छ यहाँ
      विकासको गन्तव्यमा पुग्न ढिलो भो मुलुक ।

      ३.
      सडकमा गइरहन्छन् जनता आत्तिएपछि
      बुढाहरू ख्याल गर्दैनन् आफैँ पात्तिएपछि
      जनता सधैँ निराश निराश देखिएका छन्
      नेताहरू सत्ता र कुर्सीले मात्तिएपछि ।

      (बूढानीलकण्ठ, काठमाडौं) 

      १२खरीबाट साभार गरिएको हो ।
       

        कमेन्टहरु