दुर्घटना

    दाङमा बस दुर्घटना हुँदा २१ यात्रु घाइते

    नवलपुर टुडे
    २०८२ बैशाख ५ | मध्यान्ह १२:०१ बजे

      दाङ । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी गढवा गाउँपालिका- ५ चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्किले जानकारी दिइन् ।

      चिसापानीको ओरालोमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रु सवार थिए । घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको छ ।

        कमेन्टहरु