देश

    प्रहरीका ६ डीआईजीको एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

    नवलपुर टुडे
    २०८२ बैशाख ४ | मध्यान्ह ०६:०१ बजे

      काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।

      बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुबेर खापुङ छन् । यस्तै, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी बढुवा सिफारिस सूचीमा छन् ।

      गएकफ चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो ।

      हेर्नुहोस् सूची

      489336050_981411890727959_17488041404182733_n-1744890070.jpg
       

        कमेन्टहरु