देश

    प्रधानमन्त्रीलाई दलित अधिकारकर्मीको ज्ञापनपत्र, मन्त्रिपरिषदमा १४ प्रतिशत दलित सहभागी गराउन माग

    जगत ठाडा मगर
    २०७८ साउन ७ | बिहान ११:०४ बजे

      काठमाडौ । अहिलेको मन्त्रिमण्डलमा दलित अधिकारकर्मीहरुले आफ्नो समुदायबाट करिब १४ प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।

      मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र दिँदै जनसंख्याका आधारमा सरकारमा कम्तीमा १४ प्रतिशत दलित समुदायको प्रतिनिधित्व गराउन माग गरेका हुन्।

      ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ‘सम्माननीय प्रधानमनत्रीज्यूको अध्यक्षतामा हालै गठित मन्त्रिपरिषदमा दलित समुदायबाट २४ जनाको यानकि १४ प्रतिशतले राज्यका अंग, निकाय तथा संरचनामा समानुपातिक रूपमा कम्तीमा तीन जना मन्त्री नियुक्त गरियोस्।’

      photo 2021 07 22 11 45 39

      photo 2021 07 22 11 45 42

      photo 2021 07 22 11 45 45

        कमेन्टहरु