गण्डकी प्रदेश, शिक्षा, समाचार, समाज, साहित्य

    कविताको शीर्षक : नेपाली मनको बोझ

    याम बहादुर थापा मगर
    २०८२ बैशाख ३ | मध्यान्ह ०९:०१ बजे

      याम बहादुर थापा मगर 

      बागलुङ नगरपालिका १०, भकुण्डे, धौलेचौर बागलुङ

      ९८४७६५७३००

       

       

      नेपाली साथीहरू सबै विदेशिए, 

      गाउँघर सुनसान भयो। 

      कोदो, मकै फल्ने खेतबारी बाँझो पर्‍यो, 

      बाँझो खेतवारी बाँदरहरूको बासस्थान बन्यो।

       

      गोरुले खेत बारी जोत्न छोडे,

      गोरुको स्थान मिनी टिलरले ठाउँ लियो।

       तर, जमिनको उर्वरता घट्दै गयो,

      अन्नबालीको उत्पादनले साथ छोड्यो।

       

      भ्रष्टाचारका फाइलहरू थन्किए, 

      बसाई सराईले गाउँघर रित्तिँदै गयो। 

      मलामी जुटाउन मुस्किल, 

      मौलिक संस्कृति लोप हुने डर।

       

      प्रति नागरिक ऋणको गर्ह्रुो भारीले

       लाखौं रकमले सीमाना नाघ्यो।

       विदेशिएका नेपालीलाई दाजुभाईहरुलाई 

      नेपालमा नै फर्क भन्नु कठिन भयो।

       

      नेपालमै रोजगार छ देश गर्न 

      भन्ने आधार र हौसला गुम्दै गयो।

      सगरमाथा र बुद्धको जन्मथलोको छायाँमा, 

      वीर गोर्खालीको बहादुर सन्तान, 

      नेपाली मन बुझाउन असमर्थ छ।

        कमेन्टहरु