विचार/ब्लग

    प्रगति र समृद्धिको बाटोमा

    याम बहादुर थापा मगर
    २०८२ बैशाख २ | बिहान ११:०१ बजे

      अँध्यारो गल्लीहरूबाट गुज्रँदै,
      उज्यालोको खोजीमा हिँड्दै,
      समयको चक्र घुम्दै जान्छ,
      अवसरका ढोका खुल्दै जान्छन्।
      हिजोका गाँस टार्नै मुस्किल दिनहरू,
      आज सपना बुन्ने आकाश बनेका छन्।
      सीप, शिक्षा, परिश्रमका साथ,
      हाम्रा हातले सम्भावनाहरू उनेका छन्।
      तर…
      कहिले भ्रष्टाचारका जाल,
      कहिले विभाजनका कालो बादल,
      समृद्धिको बाटो रोक्न खोज्छ।
      तर यात्रा रोकिँदैन,
      युवा उठ्छन्, सपना देख्छन्,
      मेहनतले बाटो कोर्छन्।
      सहकार्य, समानता, न्यायको उज्यालोमा,
      बदलिन्छ गाउँ, बदलिन्छ शहर,
      समृद्धिको बाटोमै अघि बढ्छ,
      हाम्रो देश, हाम्रो पहिचान!

      याम बहादुर थापा मगर
      बागलुङ १० भकुण्डे धौलेचउर बागलुङ

        कमेन्टहरु