देश

    नयाँ वर्षकै दिन जाजरकोटमा ४ दशमलव १ म्याग्निच्युडको भूकम्प

    नवलपुर टुडे
    २०८२ बैशाख २ | बिहान ०६:०१ बजे

      काठमाडौँ । नयाँ वर्षकै दिन २०८२ वैशाख १ गते सोमबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो।

      कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए/नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन।

        कमेन्टहरु