देश

    भाषा हराउन थाले समाज कमजोर र बिखण्डित हुन्छ : सभापति देउवा

    नवलपुर टुडे
    २०८२ बैशाख १ | मध्यान्ह ०५:०१ बजे

      काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा रहेका भाषाहरूलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

      विसुपर्वका अवसरमा देउडा समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुलुकमा बोलिने विभिन्न भाषाहरू हराउने अवस्थामा पुगेको भन्दै यसलाई जोगाउँदै लैजानुपर्नेमा जोड दिएका हुन् । उनले भाषा हराउन थाले समुदाय तथा समाज कमजोर र बिखण्डित हुने जिकिर गरे ।

      सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुगेको भन्दै उनले जगेर्नामा लाग्न देउडा समाजलाई सुझाव दिए ।

      संसारभरका मान्छेहरू आफ्नो भाषा बचाउनका गम्भीर भएको अवस्थामा देशमा बोलिने भाषाहरूलाई पनि बचाउन लाग्नुपर्ने धारणा राखे ।

        कमेन्टहरु