यातायात

    कर्णाली राजमार्ग अवरुद्ध

    दिप्शन गुरुङ
    २०८१ चैत्र २८ | मध्यान्ह ०१:१२ बजे

      मान्म (कालीकोट), चैत २८  । वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

      जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ । रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताउनुभयो । “अहिले पहिरो पन्छाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “आज नै सडक सञ्चालनमा आउँछ ।”

        कमेन्टहरु