देश

    तीनवटा संसदीय समितिको बैठक आज बस्दै

    नवलपुर टुडे
    २०८१ चैत्र २५ | बिहान ०६:१२ बजे

      काठमाडौं । संघीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । 

      अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेछ । 

      कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको मानव अधिकारको अवस्था सम्वन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान १० बजे बजेका लागि बोलाइएको छ । 

      महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।

        कमेन्टहरु