राजनीति

    रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

    नवलपुर टुडे
    २०८१ चैत्र २३ | बिहान ०६:१२ बजे

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो ।

      उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो ।

      सभापति लामिछाने पक्राउ भएलगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।

      यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।

        कमेन्टहरु