अर्थ

    सुनको मूल्यमा भारी गिरावट

    नवलपुर टुडे
    २०८१ चैत्र २२ | बिहान ११:१२ बजे

      काठमाडौं । नेपाली बजारमा शुक्रबार (चैत २२) सुनको मूल्यमा भारी गिरावट आएको छ । सुनको मूल्य एकैदिन तोलामा ३९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

      यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७६ हजार ४०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

      चाँदीको मूल्य पनि एकैदिन तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

        कमेन्टहरु