देश

    प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा

    नवलपुर टुडे
    २०८१ चैत्र १८ | मध्यान्ह ०३:१२ बजे

      काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगर पुगेका छन् । ओली पहिलोपटक एकीकृत समाजवादीको कार्यालय पुगेका हुन् ।

      उनी नेता कमल कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन आलोकनगर पुगेका हुन् । उनले राजावादीको आन्दोलनका क्रममा क्षति पुगेको कार्यालयको अवलोकन पनि गरेको सचिवालयले जनाएको छ ।

      साथै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमालेका पूर्वउपाध्यक्ष भीम रावलसँग पनि उनले कुराकानी गरेका छन् ।

        कमेन्टहरु