धर्म–संस्कृति/रीतिथिति

    ईद पर्वका अवसरमा आज सार्वजनक बिदा

    नवलपुर टुडे
    २०८१ चैत्र १८ | बिहान ०६:१२ बजे

      काठमाडौँ, चैत १८ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

      गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

      इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

       
       

        कमेन्टहरु